स्वकीयको तलब कटौती गरेर खेलाडीहरुको तलबमा वृद्धि गर्नुपर्छ: सांसद शाही

राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सांसद, मन्त्रीहरुको स्वकीयको तलब कटौती गरेर खेलाडीहरुको तलबमा वृद्धि गर्नुपर्ने बताएका छन्। उनले आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै देशमा संसारमा खेलाडीले चिनाउने बताए।

उनले भने, ‘यो देशमा संसारमा यदि कसैले चिनाउछ भने त्यो खेलाडीले चिनाउँछन् तर आज राष्ट्रिय टोलीका कप्तान समेत रहेका सुजल श्रेष्ठ अष्ट्रेलिया जान बाध्य भए।’ त्यस्तै, एक विद्यालयमा कक्षा १२ को विद्यार्थीहरुको बिदाइ गर्दै गर्दा विद्यार्थीहरुले खाडीमा भेटौँला भने, आज युवाहरूको अवस्था त्यो छ।

यस्तै खेलकुद क्षेत्रमा नेपाल सरकारबाट ०.१३% बजेट छुट्याइएको बताउँदै शाहीले मन्त्रीहरूका स्वकीय सचिव भन्दा कम तलबमा नेपालका राष्ट्रिय खेलाडीहरु खेलिरहेको उल्लेख गरे। उनले भने, ‘यो बजेट यसो हेर्दा मन्त्रीहरूका स्वकीय सचिव भन्दा कम तलबमा नेपालका राष्ट्रिय खेलाडीहरु खेलिरहेका छन्। त्यहीँ भएर म भन्न चाहन्छु, हामी सबै सांसद, मन्त्रीहरुको स्वकीय को तलब कटौती गरेर खेलाडीहरुको तलबमा वृद्धि गरियोस् र रंगशाला बनाइयोस्।’

अहिले प्रतिनिधि सभाको बैठक जारि रहेको छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *