अवकाशपछि कालिजको व्यवसाय सुरु, आफ्नो पेसामा रमाउँदै विष्णु

सरकारी सेवागरी अवकासपछि एक जनाले दाङ्गमा कालिज फर्म खोलेर व्यवसाय गरिरहेका छन् । तुलसीपुर उपमहानगरपालिका – ६ घर भएका विष्णुमणि आचार्यले नयाँ गाउँमा कालिज पालन गरि व्यवसाय गरिरहेका छन्।

उनले आफ्नो ३० वर्ष सरकारी सेवागरी अवकास पाएपछि उक्त व्यवसाय सुरु गरेका हुन्। अहिले आफु सोही पेसामा रमाईरहेको बताए ।

उनले भने, ‘अवकाश भएपछि चार महिनासम्म घरमै बसेँ । दिनभर घरपरिवार साथीभाइ तथा आफन्तसँग त्यत्तिकै बसेर समय बिताउँथे । तीस वर्षसम्म जागिरमा व्यस्त भएको मान्छे अब यसरी सधै कसरी बस्नुजस्तो लागेकाले यो व्यवसाय सुरु गरेको हुँ ।’

सोहि पेसा सुरु गर्नुभन्दा अगाडी सामाजिक सञ्जालबाट व्यावसायिकरूपमा पालन गरिएका कालिजको भिडियो आफुले हेरेको बताए। उनले, ‘कालिजपालन गरिएको जिल्लाका दुई ठाउँमा पुगेँ। ‘

चाणक्य मल्टी प्रपोज एग्रो फार्म एण्ड रिसर्च सेन्टर’ प्रा.ली खोलेर रु २५ लाखको लागतमा कालिजपालन सुरु गरेका आचार्यको व्यवसाय पछिल्लो समय यता फस्टाउँदै गएको छ। उनले सुरुका दिनमा १८१ बचेरा रु. पाँच सय ५० दरले किनेर व्यवसाय संचालन गरेका थिए।

उनले अहिले सम्म पाँच सय कालिज बिक्री गरिसकेका छन्। उनले भने, ‘सुरुमा एउटा कालिजलाई दुई हजार पाँच सयमा बिक्री गरें । अहिले भने दुई हजारसम्ममा दिने गरेको छु । अण्डा पनि राम्रोसँग बिक्री भएको छ । एउटा अण्डा बिक्रीबाट रु एकसय आम्दानी हुने गरेको छ । सुरुआतमै धेरै आम्दानीको अपेक्षा लिन हुँदैन विस्तारै आम्दानी हुने उनको भनाई छ।

३५ डिग्री सेल्सियसभन्दा कम तापक्रम हुने स्थान दाङ्ग भएकोले कालिज पाल्न राम्रो मानिने बताउँदै उनले दाङ उपत्यका कालिज पाल्न उपयुक्त वातावरण भएको बताए।

यतिबेला उनले आफ्नो फार्ममा एक जनालाई रोजगारी समेत दिएका छन्।
रासस

 

 

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *