पछिल्लो समय यता मिटरब्याजी पिडितको समस्या बढ्दै गएको छ। केहि दिन यता बाँकेस्थित जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याजीविरुद्ध २२ उजुरी परेका छन् । जसमा उजुरी परेकामध्ये १५ मुद्दा अदालती प्रक्रियामा पुगेको छ।
यस्तै सोहि उजुरी मध्ये दुई मुद्दा मिलापत्र भएको र दुई मुद्दा प्रहरीमा पठाएको जनाइएको छ। बाँके जिल्ला प्रशासन कार्यालयको अनुसार एउटा व्यक्ति सम्पर्कमा नआएको र दुई मुद्दा कारबाहीको प्रक्रियामा रहेको छ।
जिल्लामा मिटर ब्याजीको ठूलो समस्या नरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले बताए। उहाँको अनुसार सोहि जिल्लामा नियमित रुपमा कारबाही प्रक्रियालाई अघि बढाइएको छ।

Leave a Reply