मिटरब्याजी पिडितहरुको लागि प्रमुख बालेनले गरे खाने बस्ने सुविधाको प्रबन्ध

काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले मिटरब्याजी पिडितलाई खाना बस्नको लागि सुविधाको व्यवस्था गर्ने भएका छन्। ११ दिनको पैदाल यात्रा तय गरि काठमाण्डौ छिरेका पिडितहरुको लागि पशुपति धर्मशालामा बास र खाना को व्यवस्थापन गर्न आफुहरु तत्पर रहेको बताए।

उनि सामाजिक संजालमा लेख्छन, ‘बिगत केही बर्ष देखि नेपाल सरकारले मिटर ब्याजीहरुलाई कारबाही को दायरामा ल्याउने आश्वासनमै सिमित रहयो । सधै काठमाडौ आएर आन्दोलन नै गर्न पर्ने स्थिति सिर्जना हुदा पनि सरकार हेरेर बस्ने अवस्था छ । हिजो ११ दिन हिडेर काठमाडौ आउने समाचार हेरे पछि महानगर को मेयर को हैसियतले आफ्नो कार्यक्षेत्र मा नपरे पनि मानबता को नाताले काठमाडौ बसुन्जेल पशुपति धर्मशालामा बास र खाना को ब्यबस्थापन गर्न हामी तत्पर भएर आज बिहानै उहाहरु सङ सम्पर्क गरेर हामीले पशुपति जान अग्रह गर्यौ तर उहाँहरु खुल्लामन्च मै बस्न खोज्नु भयो ।’

यस्तै प्रमुख बालेनले आफुहरुले रत्नपार्कको शान्तीबाटिकामा आन्दोलन गर्न प्रबन्ध गरेको र पिडितहरुको माग प्रती एक्यवद्धता जनाउदै नेपाल सरकार समक्ष समस्या समाधानको लागि जोडदार माग गरेको समेत बताए। उनि भन्छन, ‘ हामी चाहन्छौ यस्तो अवस्था मा काठमाडौ कोहि आउन नपरोस , गाउँ गाउँ मा सरकार पुगोस ।’


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *