📅 2083 साल जेठ 18 , बुधबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

मुटु रोगीको सङ्ख्या निकै अस्वभाविक रुपमा बढ्दै छ: मुटुरोग विशेषज्ञ डा. उपाध्याय

🕒 March 27, 2023

पछिल्लो समय नेपालमा मुटु रोगीको सङ्ख्या निकै अस्वभाविक रुपमा बढ्दै गएको छ । पहिले दुई/तीन जना बिरामी आउने गरेकामा अहिले ३०/४० जना आउने गरेको नेपालका प्रसिद्ध मुटुरोग विशेषज्ञ डा अवनिभूषण उपाध्याय बताए।

नेपालमा २०३५ सालसम्म मुटु रोगको समस्या अहिलेको जस्तो थिएन । यसअघि नेपालीको जीवनशैली निकै राम्रो थियो । तर अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको उनले टिप्पणी गरे।

उनले भने, ‘पश्चिमा देशहरुले खानपीन र जीवनशैलीमा ध्यान दिन थालेकाले ती देशमा अहिले मुटुको समस्या निकै कम भएको छ तर हाम्राजस्ता देशमा स्वास्थ्यप्रतिको सचेतना नहुँदा समस्या बढ्दै गएको छ । तयारी खाना, चिल्लो, माछामासु बढी खाने, सागसब्जी कम खाने, शारीरिक कसरत नगर्ने आदत बढ्दै गएको छ। ‘

सानो उमेरमै धुूमपान गर्ने, मध्यपान गर्ने क्रम बढ्न थालेकोले गर्दा १८÷२० वर्षकै उमेरका युवामा उच्च रक्तचाप, मधुमेहको समस्या बढ्न थालेको उनको भनाई छ ।

पछिल्लो समय धेरै मानिसमा तनावले पनि मुटुको समस्या बढेको पाइन्छ । त्यसैले उचित खानपान, कसरत र तनावमुक्त जीवनशैलीमा ध्यान नदिए ठूलै महामारी आउने निश्चित छ ।

नेपालमा मुटुरोगको अवस्था, रोगको उपचार, निदान र रोकथाममा गर्नुपर्ने पहल तथा आम नागरिकले स्वस्थ मुटुका लागि अपनाउनुपर्ने जीवनशैलीका बारेमा कुराकानी गर्दै उनले बिरामीको उपचारका लागि आवश्यक चिकित्सकको सङ्ख्या निकै कम रहेको उल्लेख गरे। उनले भने, ‘ बिरामीको उपचारका लागि आवश्यक चिकित्सकको सङ्ख्या निकै कम छ भने आवश्यक अस्पतालको सङ्ख्या पनि छैन। ‘

मुटु रोगको अस्पताल भन्नेमा केन्द्रमा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र मात्रै रहेको छ भने अन्य सरकारी र निजी अस्पतालबाट सेवा प्रदान गर्न अप्ठ्यारो परिस्थिति रहेको छ ।

मुटुरोगको उपचारमा तुलनात्मक रुपले सस्तो र गुणस्तरीय सेवा प्रदान गरी देशकै एक भरोसायोग्य उपचार केन्द्रको रुपमा स्थापित गर्नेतर्फ सरकारको सहयोग आवश्यक रहेको उनले तर्क गरे । उंको अनुसार काठमाडौँ बाहिरका मुख्य सहरहरुमा चिकित्सक भए पनि जिल्ला तहमा सेवा विस्तार गर्न सकिएको छैन।

उनले भने, ‘गङ्गालाल अस्पताल स्थापना गर्दा पाँच वर्षमा सबै अञ्चल र अर्को पाँच वर्षमा सबै जिल्लामा मुटुरोगको उपचार गर्ने अलग्गै अस्पताल स्थापना गर्ने लक्ष्य राखेका थियौँ । यसमा प्रगति हुनसकेको छैन । अहिले जनकपुरमा भने अस्पतालको युनिट स्थापना भएको छ ।’