शंखरापुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

काठमाडौं शंखरापुर नगरपालिका-१ तल्लो नाङ्लेभारेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४२ वर्षीय राम बहादुर तामाङ रहेका छन् ।

आइतबार साँझ ५ बजे जरसिंह पौवाबाट मेलम्चीतर्फ जाँदै गरेको बा ४५ प ५४४१ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएर पल्टिएको थियो । उक्त दुर्घटनाबात गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो।

यस्तै पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिदा घाइते भएका चालक शंखरापुर नगरपालिका ३ का १५ वर्षीय राजेन्द्र तामाङको उपचार शंखरापुर अस्पतालमा भइरहेको प्रहरी चौकी नाङ्लेभारेले जनाएको छ ।

 

 

 

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *