विराटनगरमा प्रहरी र प्रदर्शनकारी बीच झडप, प्रहरीले सुरु ग-यो लाठीचार्ज

कोशी प्रदेश नामाकरण गरेको विरोधमा आज पनि विराटनगरमा प्रहरी र प्रदर्शनकारी बीच झडप भएको छ। कोशी नामकरणको विरोधमा रहेको समूहले आन्दोलन चर्काएपछि स्थीती नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको हो।

उक्त स्थानमा प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगामुदा प्रहर गर्न थालेपछि प्रहरी लाठिचार्ज सुरु गरेको बताएइको छ। अहिले सोहि झडपमा परि घाइते भएकाहरुको विवरण आएको छैन।

यसअघि कोशी विवादको विषयमा आन्दोलोनको क्रममा प्रहरीको लाठिचार्जले घाइते भएका पदम लिम्बुको उपचारका क्रममा मृत्यु भएको थियो। अहिले सोहि मुद्दालाई लिएर थप आन्दोलन चर्किएको छ।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *