चैते दशैं आज विभिन्न कार्यक्रम गरि मनाइँदै, यस्ता छन् यसको महत्वहरु

आज चैते दशैं विभिन्न कार्यक्रम गरि मनाइंदै छ। हरेको वर्ष चैत शुक्ल अष्टमीको दिन मनाइने उक्त पर्व नव दुर्गाको पुजा आराधना गर्ने गरिन्छ। यसलाई अर्को शब्दले भन्नुपर्दा असोज–कार्तिकमा आउने मुख्य दसैँको एउटा प्रतिबिम्ब चाडको रुपमा लिइन्छ।

वास्तवमा दसैँ भन्ने बित्तिकै दशमी भन्ने बुझिन्छ । तर फेरि नेपालमा दसैँको रौनक भने अष्टमीको दिन बली दिनेमा केन्द्रित रहन्छ । आजको दिन पनि तिथिका हिसाबले अष्टमी हो । दानवीय शक्तिमाथि दैवी शक्तिको विजय उत्सवका रूपमा मनाइने चैते दसैँमा पनि मुख्य दसैँमा झैँ विभिन्न शक्तिपीठहरुमा पशु बलि भोग दिने गरिन्छ ।

यस्तै प्राचिन कथन अनुसार पहिले–पहिले मुख्य दसैँ चैतमा पर्ने गर्दथ्यो । तर उक्त समयमा सुख्खा भएर खडेरी पर्ने, मौसम बदली साथै दसैँको गरिष्ठ भोजन अनि हिँडडुलले धेरै जना बिरामी परेपछि दसैँलाई वर्षको मध्यमा सारिएको मान्यता छ ।

आज काठमाण्डौ उपत्यकामा पनि विशेष तयारीका साथ चैते दशैं मनाइंदै छ। आजको दिन उपत्यकाभित्र गुह्येश्वरी, दक्षिणकाली, शोभा भगवती, रक्त काली, नक्साल भगवती, मैतीदेवी र सङ्कटामा बिहानैदेखि दर्शनार्थीको घुइँचो लाग्ने गर्छ । साथै तलेजु भवानी, हनुमान ढोका दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर लगायतका उपत्यकाका मन्दिरहरूमा आज बलि दिइन्छ र यस्ता बलि दिने कार्यक्रममा नेपाली सेनाको समेत सहभागिता रहन्छ ।

यस्तैगरि आजको दिन दुर्गा पूजा गरी मिष्टान्न भोजन चढाइन्छ । देवी मन्दिरहरूमा देवी भागवत पाठ पारायण तथा कालिका पुराणका देविस्त्रोतहरु पाठ समेत गरिन्छ । घरमा उपलब्ध खाद्यान्न परिकारहरूलाई बनाई तुल्याई खाई रमाइलो गरी चैते दसैँ मनाइने गरेको छ । आज अशोकको फूल खाने गरिन्छ भने फुल खाँदा रोगब्याधी नष्ट हुने जनविश्वास रहेको छ।

यस्तै माशांहारीरुले चैते दशैंमा माछा/मासु खाने चलन रहेको छ । यसका लागि बलि दिइन्छ भने साहाकारीहरूले भने घिरौँला, भाण्टा, कुभिन्डो या अन्य फलफूललाई खुट्टाको टेको लगाएर बलि दिने चलन छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *