ताइवानका राष्ट्रपतिलाई आयो यस्तो चीनको चेतावनी, अमेरिकी सभामुखलाई भेटे त्यस विरुद्ध लड्ने

ताइवानका राष्ट्रपतिले संयुक्त राज्य अमेरिकाका प्रतिनिधिसभाका सभामुखलाई भेटे त्यसविरुद्ध लड्ने चीनले चेतावनी दिएको छ। ताइवानका राष्ट्रपति साई इङ वेनले भ्रमणको क्रममा उक्त देशको सभामुख संग भेट गरेमा त्यसको विरुद्ध लडाई गर्ने चेतावनी दिएको हो।

भ्रमणका क्रममा अमेरिकामा रहँदा राष्ट्रपति साईले प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीलाई भेट्ने बताएपछि सो चेतावनी मिलेको जनाइएको छ। राष्ट्रपति साई आफ्ना सहयोगीहरूसँगको कूटनीतिक सम्बन्ध सुदृढ गर्ने उद्देश्यका साथ ग्वाटेमाला र बेलिजको भ्रमणका गरि आज आमेरिका जाने तयारीमा छिन।

राष्ट्रपति साईले अमेरिकी सभामुखलाई भेटेमा चीन नीतिको गम्भीर उल्लङ्घन हुने ताइवान मामिला कार्यालयका प्रवक्ता झु फेङ्लियनले बताए । चीनको सार्वभौमसत्ता र अखण्डतालाई कमजोर बनाउने कुनैपनि गतिविधि सहन गर्न नसकिने समेत उनले बताए।

यस्तै चीनले स्वायत्त टापु रहेको ताइवानलाई आवश्यक परे बल प्रयोग गरेर मुख्यभूमिमा विलय गर्नसक्ने चेतावनी दिँदै आएको छ

यस्तैगरी न्युयोर्कको भ्रमणपछि राष्ट्रपतिको साईले ग्वाटेमालाका राष्ट्रपति अलेजान्ड्रो गियामाटेइ र बेलीजका प्रधानमन्त्री जोन बिसेनोलाई उनीहरूकै देशमा भेट्ने कार्यक्रम रहेको राष्ट्रपतिको साईको कार्यालयले जनाएको छ । स्वदेश फर्कनेक्रममा उनी लस एन्जलसमा केही समय बस्नेछन् ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *