📅 2083 साल जेठ 18 , बुधबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

नेपाली फिल्महरु टिकटकमा लिक हुन थालेपछि बोर्ड अध्यक्ष केसीले दिए यस्तो जवाफ

🕒 March 29, 2023

नेपाली फिल्महरु टिकटक, युट्युब मा लिक हुन थालेपछि चलचित्र विकास बोर्डले सिनेमा साइबर सेक्युरिटीको डेस्क सञ्चालनमा ल्याउने तयारी गरेको छ । उक्त घटना बढ्न थालेपछि बोर्डले हटलाइन नम्बरसहितको ‘सिनेमा साइबर सेक्युरिटी’को डेडिकेटेड डेस्क सञ्चालन गर्न लागेको हो।

बोर्डको आयोजित पत्रकार सम्मेलनमा प्रविधि विकासको काम सुरू भएको भन्दै बोर्ड अध्यक्ष भुवन केसीले साइबर सुरक्षासँगै डिजिटल प्रविधिमा लैजाने योजना ‘डेमोस्ट्रेसन’ गरिएको बताए।

उनले भने, ‘टिकटक, युट्युब र फेसबुकजस्ता सामाजिक सञ्जालका माध्यमबाट निर्मातालाई आफ्नो काम प्रदर्शन गर्न र फराकिलो दर्शकसम्म पुग्न सजिलो भएको छ। यद्यपि, यसले नै साइबर सुरक्षाको विषयमा नयाँ चुनौती पनि सिर्जना गरेको छ। यसको असर चलचित्र अनलाइन लिक वा पाइरेटेड भएका छन्।