पशुपति परिसरभित्र प्लास्टिकजन्य बस्तु आजदेखि बोक्न निषेध

पशुपति मन्दिर परिसर भित्र प्लास्टिकजन्य बस्तु प्रयोग गर्न निषेध गरेको छ। पशुपति क्षेत्र विकास कोष (प्याडिटी) ले मन्दिर परिसर वरपर बढ्दो वातावरणीय प्रदूषणलाई ध्यानमा राख्दै प्लास्टिकका सामग्री बोक्न निषेध गरेको हो।

उक्त समितिले एक सुचना जारी गर्दै मन्दिर क्षेत्रमा बढ्दो प्रदूषणको प्रमुख कारण रहेको बढ्दै गएको जनाएको छ। यस्तै सोहि समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा ​​पशुपति क्षेत्रमा तीन महिने साप्ताहिक सरसफाई अभियान समेत चलाइरहेको छ।

कोषले समय तालिका सार्वजनिक गर्दै तालिका प्रत्येक शनिबार बिहान ८ बजे देखि १० बजे सम्म रहेको र सबैलाई सोहि अभियानमा सहभागी हुन आग्रह गरेको छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *