राजावादी हुने छुट कुनै नागरिकलाई छैन हो भन्दै सांसद लिङ्देनले उठाए प्रश्न

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले गणतन्त्रमा राजावादी हुने छुट कुनै नागरिकलाई छैन हो भन्दै प्रश्न गरेका छन्। उनले आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै यस्तो बताएका हुन्।

उनले राजनितिक दलको जिम्मेवार नेताले मिटरब्याजी पिडितसँग एक्यबद्धता गर्न जाँदा सत्ता पक्षिय कार्यकर्ताबाट दुर्व्यवहार भएको समेत आरोप लगाएका छन्। उनले उक्त घटनाको घोर भत्सना र निन्दा गर्ने बताउँदै सरकार मुठभेडतर्फ नलागोस भनि चेतावनी दिए।

उनले भने, ‘के यो गणतन्त्रमा राजावादी हुने छुट कुनै नागरिकलाई छैन। सरकार मुठभेडतर्फ न लागोस । एक जिम्मेवार राजनितिक दलको जिम्मेवार नेताले एक्यबद्धता गर्न जाँदा खेरि सत्ता पक्षिय कार्यकर्ताहरुबाट हाम्रो प्रमुख सचेतक संग दुर्व्यवहार गरेका छन्। ‘


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *