प्रशासकीय अधिकृतसहित वडा अध्यक्ष परे अख्तियारको फन्दामा, ५० हजारको भ्रष्टाचार गरेको आरोप 

 

रुपन्देहीमा भ्रष्टाचार गरेको आरोपमा वडा अध्यक्ष सहित गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अख्तियारको फन्दामा परेका छन्। रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष भीम बहादुर यादव र प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनीको मिलेमतोमा ५० हजारको भ्रष्टाचारको आरोप लागेको छ ।

उनीहरुले उत्खनन गरी घाटगद्दीमा रहेको नदिजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनको लागि सेवाग्राहीसँग रु. ५० हजार माग गरेको सुचना तथा उजुरी निवेदनको आधारमा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ता भोला दाहालले जानकारी दिए।

अहिले उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *