मन्त्रालयको बाँडफाँट अन्तिम चरणमा: आजै टुंगो लगाएर शपथ ग्रहन गराइने

प्रधानमन्त्रि पुष्प कमाल दाहाल ‘प्रचण्ड’ ले आजै मन्त्रालयको अन्तिम बाँडफाड गरि शपथ ग्रहण गराउने तयारीमा रहेका छन्।

सत्ता साझेदार दलबीच मन्त्रालय सङ्ख्याबारे सैद्धान्तिक सहमति जुटेसँगै आज मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको जनाइएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्ता साझेदार दलहरुको बैठकमा मन्त्रालय बाँडफाँटमा सहमति जुटाउदै आज मन्त्रिपरिषद् विस्तार गर्ने सहमती भएको थियो ।

उक्त बैठकमा कांग्रेसले ८ माओवादीले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने र लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने भएका छन्।

बैठकमा मन्त्रालयको बाँडफाँडमा सहमति भएपनि कुन पार्टीले कुन मन्त्रालय पाउने भन्ने विषय पनि आजै टुंगो लाग्नेजनाइएको छ । सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउन आज फेरि गठबन्धनको बैठक बस्दै छ।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *