सुनको मूल्य प्रति तोला ३ सयले घट्यो

आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य प्रति तोला ३ सयले घटेको छ।

छापावाल सुन बिहीबार घटेर तोलामा १ लाख ८ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि बुधबार तोलामा १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै तेजावी सुन तोलामा १ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्यमा पनि बिहीबार सामान्य वृद्धि भएको छ। यसअघि तोलामा १३६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार सामान्य बढेर तोलामा १३७५ रुपैयाँ पुगेको छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *