एसईईलाई भयरहित बनाउन प्रधानमन्त्रि प्रचण्डको अपिल, जापान पुगेका १४ जनाले पनि जापानबाटै परीक्षा दिंदै

प्रधानमन्त्रि पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले एसईईलाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन अपिल गरेका छन्प। उनले सामाजिक संजालमा शुभकामाना दिंदै परीक्षासँग सम्बन्धित सबैमा क्षेत्रलाई भयरहित बनाउन निर्देशन दिएका हुन्।

उनि लेख्छन, ‘आजदेखि सुुरू हुने माध्यमिक शिक्षा परीक्षा (SEE) मा सहभागी हुनुहुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूको उज्जवल भविष्यको कामना गर्दछु। एसईईलाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन आ-आफ्नो ठाउँमा भूमिका खेल्न परीक्षासँग सम्बन्धित सबैमा हार्दिक अपील गर्दछु।’

देशभर एसईई परीक्षा आज बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११:०० बजेसम्म हुनेछ। एसईई परीक्षाका लागि करिब पाँच लाख विद्यार्थी सहभागी भएका छन् । देशभर २ हजार ३६ परीक्षा केन्द्रहरू तोकिएका छन् ।

यस्तै रोजगारीका लागि जापान पुगेका १४ जनाले पनि जापानबाटै परीक्षा दिन लागेको जनाइएको छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *