📅 2083 साल जेठ 18 , बुधबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

एसईई परिक्षाको शुल्क नतिरेको भन्दै प्रवेशपत्र रोकियो: आमाले तिलहरी राखिन धितो

🕒 March 31, 2023

बाँकेमा एक विद्यालयले एसईई परिक्षा शुल्क नतिरेको भन्दै प्रवेशपत्र नदिएपछि आमाले आफ्नो तिलहरी धितो राखी छोइरालाई परिक्षा दिन पठाएकी छन्।

कोहलपुर–२, गौरीनगरकी कस्तुरी बुढाले आफ्नो छोरा पृथीबहादुरको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुल्क बुझाउन आफ्नो तिलहरी धितो राखेकी हुन्। पढाइको शुल्क तिर्न नसकेपछि उनले उक्त तिलहरी धितो राखेर प्रवेशपत्र झिकेको बताइएको छ।

बाँकेको बैजनाथ गाउँपालिका– ४ तिलकपुरस्थित समावेशी माध्यमिक विद्यालयले परीक्षाका लागि प्रवेशपत्र नदिएपछि कोहलपुर– २ बस्ने कस्तुरी बुढाले नजिकैको सुन पसलमा गहना धरौटीमा राखेर कम ल्याएकी थिइन् ।

विद्यालयमा ५ सय ५० विद्यार्थीहरू अध्ययनरत छन् । विद्यालयले शुल्क नभनी विद्यार्थीबाट मासिक सहयोगका नाममा रकम लिने गरेको छ ।