काठमाडौंमा अवैध लागूऔषधसहित २ भारतीय महिला प्रहरीको हिरासतमा

काठमाडौंमा अवैध लागूऔषधसहित २ जना भारतीय महिलालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई कोकिन ७ किलो ८ सय ८७ ग्रामसहित बुधबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा भारतकी ४५ वर्षीया वह्लाल्लाव्मी र २९ वर्षीया एस्थेर ह्लालालिपुई रहेका छन् । उनीहरुलाई ईन्डिगो एयरलाईन्सको उडानद्वारा भारतको नयाँदिल्ली जान लागेकी वह्लाल्लाव्मीलाई बिमानस्थलको प्रस्थान कक्षको ब्यागेज चेकिङ गर्ने क्रममा पक्राउ गरिएको थियो।

लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले २ किलो ८ सय ८७ ग्राम कोकिन फेला पारी बरामद गरेको छ।

यस्तै लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित होटलबाट एस्थेर ह्लालालिपुईलाई ५ किलोग्राम कोकिनसहित फेला पारी पक्राउ गरेको हो ।

अहिले उनीहरुलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *