📅 2083 साल जेठ 18 , बुधबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

म्याग्दीको एसईई परिक्षामा ५७ वर्षीया राधादेवीसहित नौ महिलाको सहभागिता

🕒 March 31, 2023

आजदेखि सुरु भएको एसईई परिक्षामा ५७ वर्षीया राधादेवी पुनसहित नौ महिला सहभागी भएका छन्। म्याग्दीको सदरमुकाम बेनीस्थित उज्यालो वैकल्पिक विद्यालयबाट उनीहरु परिक्षा दिएको जनाइको छ।

परिक्षाको पहिलो दिन शुक्रबार परिक्षा हलमा ५७ वर्षीया राधादेवी पुन, ५० वर्षीया डिलकुमारी पुर्जा, इन्द्रामती फगामी ३७ वर्षीया, सङ्गीता छिनाल ३५ वर्षीया, तुलकमारी मल्ल केसी ५४ वर्षीया, धनकुमारी विक ३९ वर्षीया, रामदेवीपुन ४० वर्षीया, विष्णुकुमारी गुरुङ ४९ वर्षीया र पूजा छन्त्याल २८ वर्षीया सहभागी थिए।

विद्यालय सञ्चालक समितिका अध्यक्ष राजेश शाक्य अनुसार महिलाहरुको पढ्ने धोको पूरा गर्नका लागि सञ्चालन गरिएको सोहि विद्यालयलाई प्रदेश सरकार, बेनी नगरपालिकाको अनुदान र स्वदेश तथा विदेशमा रहेका दातामा प्राप्त चन्द्राबाट विद्यालय सञ्चालन गरिएको छ।

यस्तै सोहि विद्यालयबाट अघिल्लो वर्ष सात महिलाले एसईई उत्तीर्ण गरेको साक्यले बताए । उनले भने, “यस विद्यालयमा २० वर्ष भन्दामाथिका ३९ महिला अध्ययनरत रहेका छन् ।”