सुनको मूल्य १ हजारले बढ्यो

आज सुनचाँदी बजारमा सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चापावाली सुन प्रति तोला १ हजार रुपैयाँले बढेर १ लाख ९ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ।

कारोबारको अघिल्लो दिन उक्त सुन प्रतितोला १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजावी सुन प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। महासंघको अनुसार यसअघि तोलामा १ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तैगरि चाँदी २५ रुपैयाँले वृद्धि हुँदै १ हजारमा कारोबार भइरहेको छ। बिहिबार १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

 

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *