व्यक्तित्व विकासको लागि मोडल- ‘मोडल’ अनोज महर्जन

आफ्नो कस्तो पहिचान बन्छ भन्ने कुरा व्यक्तित्वकै आधारमा तय हुन्छ। कुनै पनि क्षेत्रमा प्रगति गर्न व्यक्तित्व प्रभावशाली बनाउनु जरुरी छ । प्रभावशाली व्यक्तित्वबिना सफलता प्राप्त गर्न असम्भव हुन्छ भन्ने उदाहरणिय व्यक्ति बन्न सफल भए अनोज महर्जन।

काठमाण्डौमै हुर्किएका अनोज ब्राण्ड एम्बिसिडर अफ हाउस अफ फेसन नेपालका एक मोडल हुन्। उनले फेसन डिजाइनरहरुबाट प्रेरित भएर ‘ब्राण्ड एम्बिसिडर अफ फेसन २०२२’ को एक मोडल बन्न सफल भए। समय अन्तरालमा उनले विभिन्न व्यक्तित्वहरुबाट पनि अभिप्रेरित बन्दै गए।

उनले व्यक्तित्व विकासको लागि एक मोडललाई प्रभावकारी संचार एवं अन्तरक्रिया गर्न एक सिकाई, आत्मसम्मान, जीवनको संघर्ष र आत्माविश्वास हुनु जरुरी रहेको बताउछन्। आफुले एक मोडलमा परिणत हुन गरेको संघर्स र आत्मबल बारे जानकारी गराउंदै भन्छन, ‘अरु जना मोडल बन्न सफल भइरहछन् भने म किन न सक्ने भन्ने आत्माविश्वास थियो। मोडल बन्ने दौडानमा आफुलाई धेरै सधै प्रेरित गरिराखे। आत्माविश्वासलाई सधै अंगाली रहे। ‘

यस्तै व्यक्तित्व बाहिरी आवरणमा मात्र भर पर्ने कुरा होइन, आफूलाई कसरी प्रस्तुत गरिन्छ भन्ने पनि हो। बाहिरी आवरणले व्यक्ति मोडल बन्न कहिले सक्दैन। उसको भित्रि कुराहरुले पनि धेरै महत्व राख्छ। स्पाइसी गाफमा कुराकानी गर्दै अनोज भन्छन, ‘एउटा मोडल बन्न आफु कुनैमा कुरामा विश्वस्त हुनुपर्छ। मोडल भनेको त्यो होइन, कि उसको उचाई, तौल, शरिर हेरिन्छ। मोडलमा उसको भित्रि कुराहरु हेरिने उनको भनाई छ।

जस्तो सुकैको विचारको सम्मान गर्नुपर्छ र आफ्नो गल्ती भए त्यसलाई स्वीकार गर्नुपर्छ । उनि भन्छन, ‘एक डेढ महिना सम्म विभिन्न सेलेब्रेटीहरु संग तालिम लिइयो। व्यवहारमा शिष्टाचार, अनुहारमा मुस्कान एवं आत्मविश्वास छ भने व्यक्तित्वअझै आकर्षक बन्न जान्छ। यस्ता कुराले उनि आफुलाई परिचित गराउने उनको तर्क रहेको छ।

स्कुले जीवनमा आफुले संघर्ष गर्दै आएको बताउंदै उनले भने, ‘कुनै जिम्मेवारीको कुराहरु आउँदा मैले सुरु आफ्नो हात उठाउने गर्थेँ। धेरैमा भयो भने एउटा असफलता मिल्छ। तर त्यो असफलताबात मैले नयाँ पाठ सिक्छु। म कहिले पनि असफलताबाट डराएन। ‘

नेपालले अझै मोडलिङ्ग क्षेत्रमा राम्रो गर्न नसकेको टिप्पणी गर्दै उनले भने, ‘मोडेललाई पहिलो प्राथमिकतामा नराखी दोस्रो स्थान दिइएको छ। सामाजिक हिसाबले यसलाई नराम्रो दृष्टिकोणले हेरिन्छ। सुन्नु र भोग्नुमा धेरै फरक छ।’ म एउटा मोडलको रुपमा हेर्दा मोडल एक आफैमा उत्कृष्ट पक्ष हो। आफैलाई पहिचान गर्न सिकिन्छ। ‘

यसर्थ एक मोडलमा पहिरनले मात्र व्यक्तित्व निर्धारण गर्दैन बरु कसरी बोलिन्छ, कसरी खाइन्छ अनि कसरी हिँडिन्छ आदि कुरामा पनि आफ्नो व्यक्तित्व निर्भर रहन्छ ।

 

 

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *