लोसपाका भण्डारीले पाए १२ औं पटक मन्त्रि पद, स्याम्पेन फोडेर खुसियाली मनाए

लोकतान्त्रिक समाजवादी पार्टीतर्फका नवनियुक्त श्रममन्त्रि शरदसिंह भण्डारी यस पटकको कार्यकाल मिलाएर १२ औं पटक मन्त्रि बनेका छन्।

उनले मन्त्रिको पद पुन: पाउँदा स्याम्पेन फोडेर खुसियाली मनाएका छन्। मन्त्रिपरिषद विस्तारको क्रममा लोसपालाई एक सिट परेको हुनाले उनलाई श्रममन्त्रीको पद दिएको हो। उनले आज आफ्नै परिवार र आफन्तहरु संग एक सेलेब्रेसन कार्यक्रम राखेर खुसियाली मनाएको बताइएको छ।

वि.स २०४४ मा पञ्चायत तथा स्थानीय विकास सहायक मन्त्री बने। जुन उनि पहिलो पटक मन्त्रि बने। तर उनको तत्कालिन समयमा विभिन्न विवादले पदबाट निलम्बन तथा राजिनामा दिनु पर्ने अवस्था आएको थियो ।

कांग्रेसबाट आफ्नो राजनितिक यात्रा सुरु गरेका भण्डारी अहिले सम्म क्रमश: मधेसी जनअधिकार फोरम, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय मधेस समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी (राजपा), जनता समाजवादी पार्टी (जसपा) हुँदै अहिले लोसपामा पुगेका छन् ।

गत शुक्रबार उनले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरि सोहि दिन पद सम्हालेका थिए।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *