चितवन-२ उपनिर्वाचनको उम्मेदवार लामिछाने विरुद्ध फेरि भयो रित दर्ता, भोलि प्रारम्भिक सुनुवाई हुने

रास्वपा सभापति राबी लामिछाने विरुद्ध परेको राहदानी विवादमाथि मुद्दा नचलाइने निर्णयविरुद्ध रित परेको छ। आज युवराज पौडेल (सफल)ले राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रित निवेदन दिएका हुन्।

उनले दिएको रितमाथि भोलिबाट प्रारम्भिक छलफल गरिने पेसी तोकिएको छ। यस्तै सफलले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध आइतबार पेश गरेको रिट सोमबार दर्ता भएपछि मंगलबार प्रारम्भिक सुनुवाई हुने छ।

यसअघि नागरिकता प्रकरणमा सफलले रित दर्ता गराएपछि सभापति लामिछानेको सांसद पद खारेजी भएको थियो । साथै चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा चलाउनु नपर्ने निर्णय सदर गरेको थियो । अहिले पुन: सोहि निर्णय विरुद्ध रित दर्ता भएको जनाइएको छ।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *