तीनै वटा उपनिर्वाचन क्षेत्रमा माओवादीले उम्मेदवार नउठाउने, मत दिएर सहायोग गर्ने घोषणा

आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले आफ्नो उम्मेदवार नउठाउने भएको छ। माओवादी केन्द्रले तिनै ओटा (तनहुँ–१, चितवन–२ र बारा–२) उपनिर्वाचन क्षेत्रमा आफ्नो कुनै उम्मेद्वारी नरहने जनाएको छ। माओवादीले आफु मतदाताको रुपमा मात्रै सहभागी हुने छ।

उक्त पार्टीले उम्मेदवार नउठाउने भएपछि कांग्रेसका उम्मेदवार श्रेष्ठलाई सघाउने माओवादी केन्द्रका चितवन जिल्ला संयोजक आरसी अधिकारीले बताए। उनको अनुसार तनहुँ १ मा माओवादीले सत्ता साझेदार दल कांग्रेसका गोविन्द भट्टराईलाई र बारा २ मा सो पार्टीले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने छ।

चितवनमा माओवादीको समानूपातिक मत ८ हजार ४०७ रहेको छ भने तनहुँ- १ मा समानूपातिक मत ७ हजार ३२६ रहेको छ। साथै बारामा समानूपातिक मत ७ हजार ३२६ रहेको छ।

 

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *