इन्द्रसरोवर तालमा बेपत्ता शव आज सशस्त्र प्रहरी बलको सहयोगमा उद्धार

मकवानपुरको कुलेखानी जलविद्युत आयोजनाको जलासय ‘इन्द्रसरोबर’ बाट एक वेपत्ता व्यक्तिको शव बाहिर निकालिएको छ। ईन्द्रसरोवरमा र्‍याफ्टिङ गर्ने क्रममा बेपत्ता भएका एक व्यक्तिको शव सशस्त्र प्रहरी बलले फेला पारि बाहिर निकालेको हो।

उक्त शव काठमाडौंका दक्षिणकाली नगरपालिका-३ का ३५ वर्षका राजकुमार सुवेदीको रहेको प्रहरीले जनाएको छ। मानव निर्मित कृतिम ताल भएर चिनिने इन्द्रसरोवरमा र्‍याफ्टिङ गर्ने क्रममा उनि सोहि तालमा वेपत्ता भएका थिए। उनको शवलाई प्रहरीले ४५ फिटको गहिराइबाट निकालिएको बताइएको छ।

सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाको अनुसार बुधबार सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार गण काठमाडौबाट गएको गोताखोरले सुवेदीको शवको उद्धार गरेको हो।

सुवेदीले र्‍याफ्टिङ गर्ने क्रममा मंगलबार तालमा हामफालेको थिए।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *