गुल्मीमा एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता प्रदान गरिँदै

गुल्ल्मिमा अब एकल पुरुषलाई पनि सामाजिक सुरक्ष भत्ता प्रदान गरिने भएको छ। गुल्मीको इस्मा गाउँपालिकाले ५५ वर्ष माथि पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने निर्णय गरेको हो।

एकल पुरुषलाई यसअघि पालिकाले वार्षिक निति तथा कार्यक्रम बमोजिम सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको थियो। पालिकाले अहिले सामाजिक सुरक्षा भत्ता स्वरुप मासिक १ हजार रुपैयाँ दिने निर्णय गरेको गाउँपालिकाका उपाध्यक्ष पार्वती कुँवरले जानकारी दिए ।गाउँपालिकाको तथ्यांक हेर्दा हालसम्म पालिकाभित्र रहेका ७० जना एकल पुरुषले सामाजिक सुरक्षा भत्ता पाउने देखिन्छ ।

उपाध्यक्ष कुँवलको अनुसार राज्यले एकल महिलाई पुनरुत्थान गर्न सामाजिक सुरक्षा भत्ता दिने गरेपनि एकल पुरुषलाई बिभेद गरेकाले गाउँपालिकाले एकल पुरुषलाई भत्ता दिन थालेको हो। उक्त गाउँपालिकाले एकल महिला पुरुषको बिभेदलाई न्यूनिकरण गर्ने लक्ष्य सहित सो नीति ल्याएको कुँवलको भनाई छ।

उनले भने “एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने नविक प्रकृतिको कार्य हो । पुरुषले वडाबाट एकल पुरुषको सिफारिसको आधारमा भत्ता पाउने छन् ।”

अहिले पालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन परिचयपत्र बनाउने कार्य गरिरहेको छ । पालिकाभित्रका एकल पुरुषले अरु सरह सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बेलामा उनिहरुलाई पनि वितरण हुनेछ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *