झिनो अंकले आज बढ्यो नेप्से परिसूचक

आज सेयर बजारमा नेप्से झिनो अंकले उकालो लागेको छ। साताको चौथो दिन नेप्से परिसूचक ८ दशमलव ३९ अंकले बढेर १ हजार ८ सय ७५ दशमलव ०७ बिन्दुमा कायम भएको हो। पछिल्लो केहिदिन यता सेयर बजार निरन्तर ओरालो लागेको थियो।

बुधबार २६ लाख २ हजार ९ सय ५६ कित्ता शेयर खरिद विक्री हुँदा ८१ करोड ६० लाख ४६ हजार ७ सय ९० रुपैयाँ बराबरको कारोबार भएको छ। सामान्य अंकले बढेको सेयर बजारमा कालिञ्चोक दर्शनको मात्रै सूचक ९.९७ प्रतिशतले बढेको छ। सानिमा ग्रोथ फन्डको सूचक ८.०७ प्रतिशतले बढ्यो।

कारोबारमा आएका १३ उपसमूहमध्ये १० को मूल्य बढ्यो भने तीनको घटेको हो। होटल्स एन्ड टुरिजम उपसमूहको सूचक सर्वाधिक १ प्रतिशत बढिले बढ्यो। मनु एन्ड प्रो,नन लाइफ इन्स्योरेन्स र ट्रेडिङ उपसमूहको सूचक ओरालो लाग्यो।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *