सिक्किममा हिमपहिरो जाँदा तीन नेपालीसहित ७ जनाको मृत्यु

सिक्किममा हिमपहिरो जाँदा तीन नेपालीसहित ७ जनाको मृत्यु भएको छ । नेपालबाट सिक्किम घुम्न भनेर गएका नेपालीहरु मध्ये ३ नेपालीको पहिरोमा परि मृत्यु भएको सिक्किम सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मृत्यु हुनेमा चितवनका शिवप्रसाद लामिछाने (उमेर नखुलेको) र २२ वर्षीय आशिष ढकाल र रूपन्देहीकी २९ वर्षिय मुना शाह श्रेष्ठरहेकी छन्।
यस्तै मृत्यु हुनेमा अन्य ४ भारतीय नागरिक बाल सिंह, रेब्या सिंह, सौरभ रोय चौधरी र प्रितम माटे रहेका छन् ।

मंगलबार स्थानीय समयअनुसार दिउँसो १२ः१५ बजे गान्तोक–नाथुल पास जोड्ने नवाहरलाल नेहरू सडकमा हिमपहिरो गएको थियो। जसमा १३ जनाको पहिरोमामा परि घाइते भएका छन्। अहिले पनि २० देखि ३० वटा पर्यटक हिउँमुनि फसेको अनुमान गरिएको छ । सिक्किम सेनाले विज्ञप्ति जारी गर्दै १४ जनाको उद्धार गरिएकोमा ७ जनाको सामान्य उपचारपछि गान्तोक फर्काइएको जनाएको छ ।

यस्तै घाइते भएका तीन नेपाली ज्योती गुरूङ, सीता सापकोटा र रमेश खनालको उपचार भइरहेको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *