हत्या गरि फरार रहेका प्रतिवादी प्रहरीको हिरासतमा

काठमाडौमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। मनाङ नार्फु गाउँपालिका-३ ठेगाना भएका ४० वर्षीय फुञ्जोवाङ्दी लामालाई मंगलबार प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

सर्वोच्च अदालतको २०७५ पुस १ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं सुन्धाराबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजारमा पठाइएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *