नवलपुरमा माछा मार्ने क्रममा नारायणीमा डुबेर एक जनाको मृत्यु

कावासोती । नारायणी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

पुर्वी नवलपरासीको कावासोती नगरपालिका-१३ पिठौली स्थित नारायणीमा माछा मार्ने क्रममा कावासोती– १२, निवासी २१ वर्षीय विशाल थनेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक बेद बहादुर पौडेलले बताउनुभयो ।

पौडेलका अनुसार डुबेर मृत्यु भएका थनेत नारायणी नदिमा माछा मार्नका बल्छी थाप्न गएका थिए ।

मृतकको शव पोस्टमार्टमको लागी मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको पौडेलले बताउनुभयो।

न्युज नेपाल संबाददाता


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *