नवलपुरमा आगो ताप्ने क्रममा जलेर एक वृद्दा गम्भिर घाईते

कावासोती । नवलपुरमा आगो ताप्ने क्रममा आगोले पोलेर एक वृद्दा गम्भिर घाईते भएकी छन् ।

जिल्लाको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ६ प्रसौया की ८० वर्षिय खिन्दुदेबी थापलो आगो ताप्ने क्रममा अचानक साडीमा आगो लाग्दा जलेर घाईते भएको जिल्ला प्रहरी कार्यलय नवलपुरका सुचना अधिकृत प्रहरी नायब उपरिक्षक बेद बहादुर पौडेलले जानकारी दिए ।

आफ्नै घरमा आगो ताप्ने क्रममा दिउसो ३ बजेतिर शरिरमा आगो लागेको थापाको शरिरको पछाडी कम्मर मुनीको भाग र वाँया हात जली उपचारको लागी भैरहवा मेडिकलमा लगिएको जनाईएको छ । उनको अबस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । नवलपुरमा केही दिन देखी जाडो बढिरहेको छ ।

न्युज नेपाल संबाददाता


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *