रूखले च्यापेर दुईजनाको मृत्यु

पाल्पामा रूखले च्यापेर शनिबार एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तानसेन नगरपालिका-५ कैलासनगरका २० वर्षीय भुवन दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए।

बुटवलबाट तानसेन आउँदै गरेका उनी तानसेन नगरपालिका-८ जरेपीपलस्थित सिद्धार्थ राजमार्ग छेउमा रहेको प्रतीक्षालयमा ओत लागेका थिए। बेलुकीपख एक्कासी रूख ढलेर च्यापेको श्रेष्ठले बताए।

गम्भीर घाइते भएका दर्लामीलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

यसैगरी डोटीमा दाउरा काट्ने क्रममा रूखले च्यापिएर एक बालकको मृत्यु भएको छ। सायलगाउँपालिका-२ खरगडाका मदन बोहराका १४ वर्षीय छोरा तिलक बोहराको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक नारायणसिं नेगीले जानकारी दिए।

उनका अनुसार सायल गाउँपालिका-५ पटकानीस्थित मामाघर बस्दै आएका बोहरा रानीवन जङ्गलमा दाउराका लागि बाँझको रूख काट्ने क्रममा दिउँसो १२ बजे सोही रूखले च्यापिएर गम्भीर घाइते भएका थिए। घाइते बोहरालाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याइएकोमा दिउँसो ३ बजे डाक्टरले मृत घोषणा गरेका थिए।

घटनाको अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय आदर्शबाट प्रहरी निरीक्षक जनकबहादुर बोहराको कमाण्ड र प्रहरी चौकी डौडबाट प्रहरी सहायक निरीक्षक चक्रबहादुर मल्लको कमान्डमा प्रहरी घटनास्थलमा गएको प्रहरी नायब निरीक्षक नेगीले जानकारी दिए।

न्युज नेपाल संबाददाता


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *