पोखरामा एक घरबाट ७० लाख रुपैयाँभन्दा बढीको चोरी

पोखरा महानगरपालिका-१७ बिरौटा अन्नपूर्ण मार्ग बस्ने ६० वर्षीय लक्ष्मीकान्त शर्माको घरबाट लाखौँ रुपैयाँ बराबरको चोरी भएको छ ।

घरको ढोकाको ताल्चा फोडेर सुनका गरगहना ३४ तोला ५५ लाल र नगद ३ लाख ७५ हजार रुपैयाँ नगद चोरी भएको प्रहरीको भनाई छ । त्यस्तै सोही घरमा भाडामा बस्ने सूर्यदेवी पौडेलको सुनका गरगहना २ तोला ७० लाल तथा नगद ५ हजार रुपैयाँ र अन्जु क्षेत्रीको नगद १५ हजार तथा विभिन्न जिन्सी सामानहरू समेत गरी करिब ७० लाख ८२ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

लक्ष्मीकान्त बुधबार पोखरा महानगरपालिका-२२ पाउदुरस्थित पुरानो घर गएकोमा शनिबार घर फर्की आई हेर्दा उक्त नगद तथा सुनका गरगहना चोरी भएको बताइएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

न्युज नेपाल संबाददाता


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *