📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

मध्यविन्दु नगरपालिका उत्कृष्ट पालिका पुरस्कार २०८० बाट सम्मानित

🕒 June 10, 2024 ✍ न्युज नेपाल संबाददाता

कावासोती । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका शैक्षिक क्षेत्रमा गण्डकी प्रदेशको उत्कृष्ट पालिका पुरस्कार २०८० बाट सम्मानित भएको छ । प्रिन्सिपल एसोसियशन नेपालले शनिबार देशका सात वटै प्रदेशबाट एक एक वटा स्थानीय तहलाई उत्कृट स्थानीय तहको अवार्ड प्रदान गरेको हो ।

शनिबार काठमाण्डौंमा मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले उत्कृष्ट शैक्षिक पालिकाको अवार्ड ग्रहण गर्नुभयो । उपसभामुख इन्दिरा रानाले नगरप्रमुख अधिकारीलाई उक्त अवार्ड प्रदान गर्नुभयो ।

लामो समय देखि शिक्षाको क्षेत्रमा अतुलनीय योगदान दिएका, शिक्षा क्षेत्रमा गरेको लगानी, निशुल्क र समावेशी शिक्षाको पहल, दीर्घकालिन योजना, असल अभ्यास, प्राविधिक धार सञ्चालन, स्थानीय पाठ्यक्रम, सूचना तथा प्रविधि, सुशासनको आधारमा विभिन्न सात वटा स्थानीय तह उत्कृष्ट पालिका पुरस्कारको लागि छनोट भएको हो ।