📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

नवलपुरका दुई पत्रकारसहित १३ जना सम्मानित

🕒 August 11, 2024 ✍ न्युज नेपाल संबाददाता

अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर रिटर्नी माइग्रेन्ट नेपाल नवलपुर शाखाले उत्कृष्ट रिटर्नी उद्यमी , खेलाडी र पत्रकारहरुलाई सम्मान गरेको छ ।

संस्थाले कावासोती १४ मा संचालन गर्न लागेको निर्माणाधीन नवलपुर चिस्यान केन्द्र परिसरमा शनिबार आयोजित एक विशेष समारोहमा नवलपुर जिल्लामा क्रियाशिल दुई जना पत्रकारसहित पाँच जना रिटर्नी उद्यमी, ६ जना खेलाडीलाई सम्मान गरेको हो । संस्थाको विभिन्न गतिविधिलाई संचारको माध्यमबाट प्रकाशन तथा प्रसारणमा ल्याई अतुलनीय योगदान पुर्‍याएको भन्दै पत्रकार निरु गौतम र निशा भण्डारीलाइ सम्मान गरिएको हो । गौतम न्युज नेपाल र भण्डारी नवलपुर न्युजमा कार्यरत हुनुहुन्छ ।

यसैगरी सम्मानित हुने रिटर्नी उद्यमीहरुमा परमेश्वर महतो, तोलाकान्त खराल, जामुनराम महतो थारु, भगवान खनाल र जयश्वर भण्डारी रहेका छन् ।

सो अवसरमा खोखोका मौसम महतो, एथलेटिक्सका राजन बिक, महिला भलिबलका पृथ्वी गाहा मगर, तेक्वान्दोका इशा महतो, महिला क्रिकेटका आयुष्मा चापागाईं, फुटबलका लालबहादुर महतो लगायतका खेलाडी सम्मानित भएका थिए ।

DCIM100GOPROGOPR8056.JPG

रिटर्नी माइग्रेन्ट नेपाल नवलपुर शाखाका अध्यक्ष रेशम खत्रीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा जिल्ला समन्वय समिती नवलपुरका प्रमुख बाबुराम विश्वकर्मा प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि विश्वकर्माले रिटर्नी युवाहरुले विदेशमा सिकेको सिपलाई स्वदेशमा उपयोग गर्नु निकै सराहनीय काम भएको बताउनुभयो । उहाँले सकभर रोजगारीकै लागि विदेश जानुपर्ने वातावरणको अन्त्य हुनुपर्ने भन्दै विदेशबाट फर्किएका युवाहरुले संगठित भएर स्वदेशमा आफ्नो श्रम र सिपको सदुपयोग गर्दा यसले सकारात्मक सन्देश गएको बताउनुभयो ।

कार्यक्रममा रिटर्नी माइग्रेन्ट नेपाल गण्डकी प्रदेश समितिका अध्यक्ष नेत्रनारायण थनेत, सचिव भीमबहादुर महतो, जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष लगायतले आ-आफ्नो धारणा ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा सहभागी हरुलाई रिटर्नी माइग्रेन्ट नेपाल नवलपुरका कोषाध्यक्ष चोलाकान्त काफ्लेले स्वागत गर्नुभएको थियो ।