📅 2083 साल जेठ 18 , बुधबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

नवलपुरमा जिल्ला स्तरीय झमता गीत तथा नृत्य प्रतियोगिता हुने

🕒 September 18, 2024 ✍ न्युज नेपाल संबाददाता

नवलपुर । नवलपुरको कावासोती १७ मा रहेको इको टुरिजम युथ क्लबको आयोजनामा असोज ५ गते शनिबार कावासोती १७ अमलटारीमा ललपुर (नवलपुर) जिल्ला स्तरीय झमता गीत तथा नृत्य प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता पौराणिक र आधुनिक गीतमा आधारित गरेर २ तहमा हुने आज कावासोती १७ अमलटारीमा इको टुरिजम युथ क्लब कावासोतीले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

दुवै समूहमा प्रथम हुनेले १० हजार, द्वितीय हुनेले ७ हजार र तृतीय हुनेले ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् भने सहभागी सबै समूहलाई यातायात खर्च वापत प्रति समूह १५ सय रुपैयाँ उपलब्ध गराउने आयोजकले जनाएको छ ।

यहाँ पछिल्लो चार बर्षदेखि लगातार थारु महिलाको महान पर्व जितियाको अवसर पारेर झाम्टा गीत तथा नृत्य प्रतियोगिता हुने गरेको छ ।

क्लबका अध्यक्ष बालकुमारी महतोले प्रतियोगिताको तयारी पुरा भएको बताए । प्रतियोगिताका लागि आजसम्म ६२ वटा समूहले नाम दर्ता गरिसकेको आयोजकले जनाएको छ ।

थारु समुदायको कला संस्कृति जोगाउन र युवा पुस्तामा कला संस्कृति हस्तान्तरणका लागि प्रतियोगिता आयोजना गरिएको अध्यक्ष महतोले बताए ।
प्रतियोगिता कावासोती १७ अमलटारी पिक्निक स्पोर्ट मैदानमा हुने कार्यक्रम संयोजक मान महतोले बताए ।