📅 2083 साल जेठ 18 , बुधबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

खतरा तह पार गर्यो नारायणी नदिले ,गैंडाकोटका सय घर डुबानमा

🕒 September 28, 2024 ✍ न्युज नेपाल संबाददाता

कावासोती । बिहिबार रातीदेखीपरेको लगातारको झरीले नारायणी नदिको सतहले खतराको तह पार गरेको छ । चितवनको देवघाटस्थित मापन केन्द्रले दिएको जानकारी अनुसार देवघाट क्षेत्रमा नारायणी नदीको सतह १०.७५ मिटर पुगेको छ भने नारायणगढस्थित नारायणी पुलमा १२.७२ मिटर पुगेको छ ।

देवघाटमा पानीको सतह ७.३ मिटर नाघ्दा सतर्क रहन चेतावनी दिने गरिन्छ । त्यसैगरी अबिरल झरीका कारण गैंडाकोटका सय घरमा बाढि पसेको छ । गैंडाकोट प्रहरीले बताएअनुसार गैंडाकोट नगरपालिका वडा नं २ को सुकुम्बासी टोल र बोटे टोलमा बाढीका कारण घर डुबानमा परेका हुन् ।

घरहरुमा दुईतिन फिट पानी पसेको र बढ्ने क्रममा रहेको प्रहरीले जनाएको छ । डुबान क्षेत्रको उद्धारका लागि डुंगा र स्काभेटरको प्रयोग गरिरहेको जनाएको छ । हाल सम्म मानविय तथा पशुचौपायामा क्षतिनभएको जनाएको छ ।