चीनले प्राप्त गरेको विकास र समृद्धिको लाभ नेपालले लिनसक्ने

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय कमिटीका सदस्य छेन् गाङ्गले चीनले प्राप्त गरेको विकास र समृद्धिको लाभ छिमेकी देशले पनि प्राप्त गर्नेछन् भन्नेमा आफू विस्वस्त रहेको बताएकाछन ।

चिनियाँ टोलीले काठमाडौंमा आयोजना गरेको सम्मेलनमा उनले नेपाल–चीन सम्बन्ध अद्धितिय भएको भन्दै पारस्परिक सहयोग र हितमा पनि जोड दिए ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छेन सोङले नेपाल र चीनबीचको मैत्रीसम्बन्ध जनस्तरमा विस्तारित हुँदै गएको र एक अर्का देशको समान चासोसमेत सम्बोधन हुँदै आएको बताए ।

कार्यक्रममा सिङ्हाई प्रान्तको बारेमा जानकारी दिने तस्विर तथा श्रव्यदृश्य सामग्रीसमेत प्रदर्शन गरिएका थिए ।

राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले नेपाल र चीन नजिकका छिमेकी मात्र नभइ भरपर्दो मित्र र साझेदारका रूपमा रहँदै आएको बताएकी छन् । उपाध्यक्ष घिमिरेले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेकोसमेत बताइन् । चिनियाँ टोली उच्चस्तरीय भेटवार्तापछि आज स्वदेश फर्किदैछ ।

न्युज नेपाल संबाददाता


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *