📅 2083 साल जेठ 18 , बुधबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

उन्नती कल्चरल भिलेजमा शनिबार दशैं तथा तिहार उत्सव कार्यक्रम

🕒 October 25, 2024 ✍ न्युज नेपाल संबाददाता

नवलपुर । नवलपुरको गैडाकोट हर्कपुरमा रहेको उन्नती कल्चरल भिलेजमा कात्तिक १० गते शनिबार दशैं तथा तिहार उत्सव कार्यक्रम गर्ने भएको छ ।

आज उन्नती कल्चरल भिलेजमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार १ दिन चल्ने दशैं तथा तिहार उत्सव कार्यक्रम अन्तरगत नवलपुर जिल्लामा रहेको प्राकृतिक र सांस्कृतिक महत्वलाइ झल्काउने किसिमका कार्यक्रमहरु गरिने छ ।

कार्यक्रममा स्थानीय खानाहरुको स्टल, स्थानीय स्तरमा निर्मित हस्तकला, कृतिहरु र परम्परागत उत्पादनकहरु प्रवद्र्धन र विक्री स्थल राख्ने, कलाकारहरुको प्रदर्शनी, चित्रकला प्रतियोगिता आदि रहने उन्नती भिलेजका समुदाय विकास प्रबन्धक रोशना श्रेष्ठले बताउनुभयो ।

त्यसैगरी कार्यक्रममा चित्रकला प्रदर्शनी, स्थानीय उत्पादनका स्टलहरु, थारु संस्कृति झल्काउने नृत्यहरु समेत रहने जनाइएको छ ।

कार्यक्रम नवलपुरका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारका लागि आयोजना गरिएको जनाइएको छ । कार्यक्रममा ५ सय बढीको सहभागिता रहने आयोजकले अपेक्षा राखेको छ ।

कार्यक्रमबाट हुने आम्दानीबाट नवलपुरका स्थानीय महिलाहरुको सीपमा सुधार गर्ने र उनीहरुलाई आर्थिक सशक्तिकरणमा सहयोग पुर्याउने जनाइएको छ ।