📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

नवलपुरमा करेन्ट लागेर जाजरकोटका युवाको मृत्यु

🕒 February 7, 2025 ✍ न्युज नेपाल संबाददाता

नवलपुर, माघ २५ गते । विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर नवलपुरको गैंडाकोटमा एक मजदुरको ज्यान गएको छ ।

पोलमा चढेर विद्युत मर्मत गर्ने क्रममा जाजरकोटको भेरी नगरपालिका घर भएका ३३ वर्षीय आर्यनसिंह ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक जेसी शाहले जानकारी दिए ।

गैंडाकोट नगरपालिका वडा नं. ५ कालिकाचोकमा पुरानो पोलबाट नयाँ पोलमा बिजुलीको लाइन सार्ने क्रममा विहीबार बेलुकी साढे ६ बजे ठकुरीलाई करेन्ट लागेको शाहले जानकारी दिए ।

एक्कासि करेन्ट लागेपछि उहाँको पोलमै मृत्यु भएको थियो । पोलमा झुण्डिएको अवस्थाको प्रहरीको सहयोगमा शव तल झारिएको थियो ।