📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

कावासोती खानेपानीका अध्यक्षको आरोप : मेयर अभिभावक बन्न सकेनन्

🕒 February 8, 2025 ✍ न्युज नेपाल संबाददाता

कावासोती : कावासोतीमा रहेको कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाका अध्यक्ष दिपकराज लम्सालले कावासोती नगरपालिका का मेयर बिष्णु प्रसाद भुषालको चर्को आलोचना गरेका छन् । उनले बिहिबार पत्रकारहरु संग कुरा गर्दे मेयर भुषाललाई मुडी मेयरको संज्ञा दिएका छन् । उनले आफ्नो व्यवहार र स्वभाव परिवर्तन गर्न सुझाव पनि दिए । मेयरको व्यवहारका कारण खानेपानी सस्थाले नगरपालिका बाट पाउनुपर्ने बिभिन्न सहयोग पाउन नसकेको उनको आरोप छ । उनले भने , ‘मेयर अभिभावक हो , जे मुडमा आयो त्यो गर्ने होईन ।’

बिहिबार दिउँसो पत्रकारहरु संगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष लम्सालले मेयरलाई प्रश्न गरे ,‘सरकारी सहयोग ल्याउन होस् या खानेपानीका बिभिन्न गतिविधि संचालन गर्न अभिभावक सस्थाको रुपमा रहेको मेयरको प्रमुख भुमिका हुन्छ , हामी किन त्यो सहयोग पाउन सकेनौं ।’ उनले नगरपालिकाले दिनुपर्ने सामान्य सिफारिसमा पनि मेयरले अल्झाउने गरेको पत्रकारहरु संग बताए ।

मेयर भुसाल कावासोती खानेपानी तथा सरसफाई सस्थाका पुर्व अध्यक्ष पनि हुन् । अध्यक्ष दिपक लम्साल र मेयर भुषाल दुबै नेकपा एमालेका नेता हुन् । पार्टीभित्रको लडाईका कारण त यस्तो भएको हैन भन्ने पत्रकारहरुको जिज्ञासामा लम्सालले भने ,‘पार्टीगत कुराले हैन , उहाँको व्यवहारले यस्तो भएको हो ,कावासोती खानेपानीलाई हेर्ने उहाँको दृष्टीकोण बदल्न आवश्यक छ ।’

गर्नुपर्ने सहयोग पनि नगर्ने तर सानो सानो कुरामा पनि हस्तक्षेप गर्न खोज्ने मेयरको स्वभाव भएका कारण कतिपय अवस्थामा अपठ्यारो पर्ने गरेको उनको भनाई छ ।
‘नगरस्तरीय खानेपानी वोर्ड गठन गर्ने कुरा धेरै भयो , कहिले बन्छ यो बोर्ड , सधै गफ मात्र भएन ? ।’ उनले प्रश्न गरे ।

गलत बोल्नु भयो , माफ नमागें झन् असहयोग हुन्छ ; मेयर भुषाल

कावासोती नगरपालिकाका मेयर बिष्णु भुषालले भने अध्यक्ष लम्सालको कुरा पुरै हावादारी भएको बताए । उनले भने , ‘उहाँले लाएको आरोप असत्य हो । माफ माग्नुपर्छ उहाँले , त्यसो नगरे आगामी दिनमा सहयोग गर्न सक्दिन ।’

‘नगरपालिकाकै सिफारिसमा ३७ करोड ऋृण बिभिन्न दातृ निकायबाट आउँदैछ यदी उहाँले पत्रकार संग भनेको कुरालाई लिएर माफी नमागे ऋृण सम्झौता हुँदैन ।’ भुषालले भने ।
भुषालले अध्यक्ष लम्साल र आफु एउटै पार्टीको कार्यकर्ता भएको भन्दै व्यक्तीगत कुरालाई लिएर अरुको बिषयमा अनावश्यक टिप्पणी नगर्न आग्रह गरे ।

अध्यक्ष लम्सालले अहिले १० करोड रुपैया सस्थाको नाममा मौज्दात रहेको र ४० लाख भन्दा बढी ऋण नभएको जानकारी दिए । सस्थाले बिहिबारनै नेपाल पत्रकार महासंघको बिभिन्न तहमा निर्वाचित भएका पत्रकारहरुलाई सम्मान समेत गरेको थियो ।