फोनिज नवलपुरको अध्यक्षमा राजन थकाली

नवलपुर , माघ २७ ,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज नवलपुरको अध्यक्षमा राजन थकाली निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी उपाध्यक्षमा पूजा गुरुङ, सचिवमा यामु कुमाल, सहसचिवमा उमा बोटे, कोषाध्यक्षमा चन्द्रा महतो, सदस्यहरुमा रिनु पाटा मगर, प्रेम आले, दिलकुमार आले, सिता खण्डलुक लगायत सर्वसम्मत निर्वाचित भएका हुन् ।
नेपाल पत्रकार महासंघ नवलपुरको सभाहलमा भएको चौथो अधिवेशनको उद्घाटन कार्यक्रममा फोनिजका केन्द्रिय सदस्य कमला राना, नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केवी राना, नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष श्रीराम सिग्देल, प्रेस युनियन नवलपुरका सभापति खगराज सापकोटा, प्रेस चौतारी नवलपुरका अध्यक्ष सालिकराम कोइराला, क्रियाशील पत्रकार महिला नवलपुरका अध्यक्ष ज्ञानु पंगेनी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
चन्दा गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन खेमनारायण महतोले गरेका थिए ।

न्युज नेपाल संबाददाता


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *