📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

कावासोतीमा फोहोर उठ्न छाड्यो

🕒 February 23, 2025 ✍ न्युज नेपाल संबाददाता

नवलपुर । नवलपुरको कावासोती १६ मा रहेको अंकुर सामुदायिक वनले फोहोर फाल्न नदिएपछि कावासोतीको फोहोर उठ्न छाडेको छ ।

कावासोती नगरपालिका र सामुदायिक वन बीच भएको सहमति अनुसार फोहोरलाई वर्गीकरण गर्ने, कुहिने फोहोरलाई कम्पोष्ट मलको रुपमा परिणत गर्ने, नकुहिने फोहोरलाई थप वर्गीकरण गरी विक्री हुने चिजलाई विक्री गर्ने लगायतको व्यवस्थापन गर्ने भन्दै कावासोती नगरपालिकाले अंकुर सामुदायिक वनको नजिकै केरुङ्गे खोला छेउमा विगत ५ बर्षदेखि फोहोर फाल्दै आएको थियो ।

अहिले फोहोर उठ्न छाडेपछि बजार दुर्गन्धित बन्न थालेको कावासोती १६ का स्थानीय बासिन्दा हरि केसीले बताए । कावासोती नगरपालिकाका नगर प्रमुख विष्णुप्रसाद भुसालले सामुदायिक वनले फोहोर व्यवस्थापनका केही सर्तहरु राखेर नगरपालिकामा पत्र बुझाएको र सोही विषयमा कार्यपालिकामा छलफल गरेर निर्णय गर्नु पर्ने स्थिति रहेको बताए । भुसालले सामुदायिक वनले नगरपालिकामा पत्र नै दिएर फोहोर फाल्न रोकेको जानकारी दिए ।

यता अंकुर सामुदायिक वनका अध्यक्षका लोकबहादुर केसीले आफूहरुलाई नगरपालिकाले झुक्काएको बताए । उनले नगरपालिकाले कुनै पनि दुर्गन्ध नआउने गरी फोहोर व्यवस्थापन सञ्चालन गर्ने, फोहोरलाई वर्गीकरण गरेर कुहिने फोहोरलाई कम्पोष्ट मल गराउने लगायतका कुरा गरेर फोहोर फालेको भए पनि अहिले त्यसो नगरेको अध्यक्ष लोकबहादुर केसीले बताए ।

नगरपालिकाले फोहोर उठाउनका लागि बर्षेनी टेण्डर आव्हान गरेर ठेक्कामा फोहोर उठाउन दिने गरेको छ । जस वापत नगरपालिकाले फोहोर संकलन गर्दा घरघरबाट उठेको रकमको २४ प्रतिशत रकम लिने गरी ठेक्का लगाएको हो ।

फोहोर व्यवस्थित नगर्दा कावासोती ३ का बासिन्दाले दुर्गन्ध सहन बाध्य भएका छन् भने कतिपय अवस्थामा विषाक्त खाना खाएर मरेका कुकुर विरालो, स्याल आदिको सिनो खाएर उक्त फोहोर फाल्ने गरेको आसपासको क्षेत्रमा बर्षेनी दर्जनौको संख्यामा गिद्ध मर्ने गरेको पाइने समेत गरेको छ ।

त्यसैगरी फोहोर फाल्न जाने ट्याक्टर चालक तथा मजदुरहरुले घरघर तथा बजारबाट उठाएको फोहोर बाटो बाटोमा खसाल्दै हिड्ने गरेको समेत पाइएको छ ।

कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले अंकुर सामुदायिक वनका पदाधिकारीहरुलाई छलफलमा बोलाएको र केही दिन भित्रै फोहोर उठ्ने बताए ।