📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क

🕒 February 24, 2025 ✍ न्युज नेपाल संबाददाता

कावासोती,नवलपुरको कावासोती १६ मा जारी आठौ नवलपुर महोत्सवमा फागुन १५ गते परेको मगर दिवसको अवसरमा मगर समुदायहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरेको नवलपुर उद्योग बाणिज्य संघ सचिवालयले जनाएको छ ।

फागुन १५ गते परेको ४३ औ मगर दिवसको अवसरमा आठौ नवलपुर महोत्सवमा मगर समुदायको एकता दिवसमा मगरसमुदायको भेष भुषमा महोत्सव अवलोकन गर्न आउनेहरुलाई निःशुल्क प्रवेश दिन नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् आठौ नवलपुर महोत्सव २०८१ मुल आयोजक समिति संयोजक बैकुण्ठ प्रसाद अर्यालले जानकारी दिनुभयो ।

अर्यालका अनुसार उद्योग वाणिज्य संघले महोत्सव मार्फत विभिन्न जातजातिको भाषा, कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने भएकोले फागुन १५ गते मगर एकता दिवसको अवसरमा मगर भेषभुसामा सजिएर महोत्सव अवलोकन गर्न आउने दर्शक मानुभावहरुलाई निशुल्क प्रवेशको व्यवस्था मिलाईएको वताउनुभयो ।

आठौ नवलपुर महोत्सव फागुन १७ गते सम्म कावासोती १६ डण्डामा संचालनमा रहेको छ । महोत्सवमा दिपक वज्र्रचार्य, रचना रिमाल, दुर्गेश थापा, ज्योती मगर, बद्री पंगेनी, रिता थापा मगर, श्याम रानाहरुको प्रस्तुति रहेको थियो भने युवा समुदायको मागलाई मध्य नजर गर्दै र्यापर माईलो, लाहुरे लगायतको प्रस्तुति रहने आयोजकको भनाई रहेकोछ । फागुन १३ गते गायिका भुमिका गिरि, जीवन परियार लगायतकाे प्रस्तुति रहनेछ । त्यस्तै फागुन १४ गते र्यापर माईलाे , फागुन १५ गते र्यापर जि वव् काे प्रस्तुति रहने अायाेजकले जनाएकाे छ ।