📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

नवलपुर महोत्सवमा जनजाति महासंघमा आवद्ध जातीय घटक उपस्थित नहुने

🕒 February 25, 2025 ✍ न्युज नेपाल संबाददाता

कावासोती, फागुन १३ गते । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा कावासोती–१६ डण्डामा जारी नवलपुर महोत्सवमा नेपाल आदिवासी जनजाति महासंघ, नेपाल मगर संघ लगायतका जातीय घटकहरु उपस्थित नहुने भएका छन् ।

उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्दा आदिवासी जनजाति लगायतको भेषभुषा, कला संस्कृति संरक्षणको नारा दिएर आयोजना गरिए पनि महोत्सव भित्र त्यस्ता कुनै स्टल तथा प्रदर्शनी नरहेको भन्दै महासंघ लगायतका जातीय संघ संस्थाले असहमति जनाउँदै महोत्सवलमा सहभागि नहुने निर्णय गरेका महास‌ंघका जिल्ला अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए ।

उनीहरुले विज्ञाप्ती निकालेर जनजाति महासंघ, जातीय घटकमा आवद्ध सबैलाई संस्थागत रुपमा सहभागी नहुन पनि निर्देशन दिएका छन् । पछिल्लो सयम महोत्सव आयोजक संस्था नवलपुर उद्योग वाणिज्य संघले जनजाति समुदाय र मगर लगायतका समुदायलाई आर्थिक प्रलोभनमा पारी महोत्सवमा सहभागी गराउने विभिन्न प्रयासहरु गरिरहेको उनीहरुको आरोप छ ।

संघले मगर एकता दिवसको अवसरमा फागुन १५ गते जातीय पहिचानसहित उपस्थित हुनेलाई निःशूल्क प्रवेश गर्न दिने बताएपछि जातीय संस्थाहरुले प्रलोभवमा पारेर आफूहरुलाई विभाजित गर्न खोजेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

‘‘संस्थागत रुपमा आधिकारिक छलफललाई अगाडि नबढाई मनोमानी गर्नु नवलपुर उद्योग वाणिज्य संघले हाम्रो सांगठनिक अस्थित्वलाई स्वीकार नगर्नु हो,” विज्ञप्तीमा भनिएको छ, ‘‘एउटा जातीय समुदायको एकतामा खलल पुर्याउने गरी गरिएको गम्भीर आक्रमणको हामी घोर भत्सर्ना र निन्दा गर्दछौं ।’’