कावासोतीमा अव्यवस्थित होडिङ बोर्ड हटाउन ७ दिने अल्टिमेटम

कावासोती नगरपालिकाले पूर्व–पश्चिम राजमार्गअन्तर्गत चोक–चोक र सडकबीच अव्यवस्थित रूपमा राखिएका होडिङ बोर्ड हटाउन ७ दिनको अल्टिमेटम दिएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलद्वारा जारी सूचनामा निर्धारित समयमा बोर्ड नहटाए कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने उल्लेख छ। सूचनामा यस्ता होडिङ बोर्डहरूले यातायात व्यवस्थामा अवरोध गर्नुका साथै नगरको सुन्दरतामा समेत असर पु¥याएको जनाइएको छ।

नारायणघाट–बुटवल सडक खण्ड कालोपत्रे भएसँगै चोक–चोकमा व्यापार प्रवर्द्धन, धार्मिक प्रचारलगायतका उद्देश्यले होडिङ बोर्ड राख्ने प्रवृत्ति बढ्दो छ। नगरपालिका व्यवस्थापनमा जुटेको जनाउँदै सरोकारवालालाई समयमै होडिङ बोर्ड हटाउन अनुरोध गरिएको छ।

न्युज नेपाल संबाददाता


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *