अमेरिकामा घरभित्रै मृत भेटिए ४ नेपाली

अमेरिकाको भर्जिनियास्थित मनासस पार्कमा ४ जना नेपाली मृत फेला परेका छन् । प्रहरीका अनुसार एकै घरका उनीहरु घरभित्रै मृत फेला परेका हुन् ।

मृत्यु हुनेमा सन्तोष परियार (३८), अञ्जु श्रेष्ठ (३६) र उनका दुई सन्तान ८ वर्षीया छोरी र २ वर्षीय छोरा रहेका छन् । घटना बिहीबार राति पौने ११ बजेको हो । घरको तल्लो तलामा बस्ने उनीहरुसँग सम्पर्क हुन छाडेपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले जाँच गर्दा चारै जना गोली लागेको अवस्थामा मृत फेला परेका थिए । घटनास्थलबाट एक थान बन्दुक पनि फेला परेको प्रहरीले जनाएको छ ।

‘हालसम्मको अनुसन्धानबाट हेर्दा यो घटना हत्या गरेर आत्महत्या गरिएको हुन सक्ने देखिएको छ’, मनासस पार्क प्रहरीले भनेको छ । तर, कसले गोली चलायो भन्ने बारेमा प्रहरीले अहिलेसम्म आधिकारिक रूपमा केही खुलाएको छैन । छिमेकीहरूका अनुसार सन्तोषको परिवार करिब ६ महिनाअघि मात्र उक्त घरमा भाडामा सरेका थिए र उनीहरू नेपाली मूलका थिए । परिवार घरको तल्लो तलामा बस्दै आएको बताइएको छ ।

न्युज नेपाल संबाददाता


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *