भासिएको महेन्द्र राजमार्गको पुल पुनः सञ्चालनमा, ४० टन भन्दा धेरै लोड बोकेका सवारी सन्चालनमा रोक

भासिएको महेन्द्र राजमार्गको पुल पुनः सञ्चालनमा, ४० टन भन्दा धेरै लोड बोकेका सवारी सन्चालनमा रोक

कावासोती । बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गत नवलपुरको चोरमारा बजारस्थित गिरबारी खोलामा रहेको पुलको मर्मत कार्य सम्पन्न भएसँगै यातायात पुनः सुचारु भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार, पुल मर्मतपछि हिजो साँझदेखि सवारी साधन आवागमन सुरु गरिएको हो।

गत २९ वैशाखमा होङ्सी सिमेन्ट उद्योगबाट कच्चा पदार्थ बोकेर वीरगञ्जतर्फ जाँदै गरेको १८ चक्के भारी मालवाहक सवारीको अत्यधिक भारका कारण पुल भासिएको थियो। त्यसपछि सडक डिभिजन कार्यालय भरतपुरको समन्वयमा पुल मर्मतको जिम्मा जलप कन्स्ट्रक्सनलाई दिइएको थियो। पुलको भासिएको भागमा फलामका पाता फेरिएको र चिरा परेको थप भागलाई मर्मत गरी पुनः प्रयोग योग्य बनाइएको हो।

तर, पुलको संरचना पुरानै भएकाले थप सावधानी अपनाइएको छ। ४० टनभन्दा बढी भार बोकेका मालवाहक सवारी साधनलाई पुल पार गर्न रोक लगाइएको छ। यस्ता सवारीलाई दुम्किबासमै रोकिने व्यवस्था मिलाइएको छ।

यस मर्मतपछि गिरबारी पुल फेरि सञ्चालनमा आए पनि अत्यधिक भारले फेरि क्षति पुर्‍याउने सम्भावना भएकाले स्थानिय तथा सम्बन्धित निकायलाई सावधानी अपनाउन अनुरोध गरिएको छ।

न्युज नेपाल संबाददाता


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *