📅 2083 साल जेठ 18 , बुधबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

नवलपुर जिल्ला अदालत बार इकाइको अध्यक्षमा अधिकारी विजयी

🕒 June 8, 2025 ✍ न्युज नेपाल संबाददाता

कावासोती ,नवलपुर। नवलपुर जिल्ला अदालत बार इकाइको निर्वाचन सम्पन्न भएको छ ।आज कावासोतिमा भएको निर्वाचनमा २६ मत प्राप्त गर्दै अधिवक्ता गणेश अधिकारी अध्यक्ष निर्वाचित भएका छन।उनले निकटतम प्रतिद्वन्दी कृष्ण सिग्देललाइ पराजित गर्दै अध्यक्षमा बाजि मारेका हुन ।सिग्देलले कुल खसेको ३९ मत मध्य १३ मत प्राप्त गरे ।

त्यस्तै उपाध्यक्षमा प्रत्यासी चुडा बहादुर आलेलाइ पछि पार्दै अधिवक्ता कमल चापागाईंले २२ मत सहित जित हात पारे।सचिवमा चिरञ्जीवी पाठकलाइ पराजित गर्दै२६ मत सहित राधा उपाध्याय विजयी भएकी छन ।सह-सचिब संगिता बस्याल र कोषाध्यक्ष अर्जुन काफ्ले सहित ७ जना सदस्य भने सर्वसहमत चयन भएका छन भने एक महिला सदस्य पदेन रहने र पछि समितिले मनोनीत गर्ने निर्वाचन समितिका जिल्ला न्यायाधिवक्ता वाशुदेव शर्माले जानकारी दिएका छन।केन्द्रिय पार्सदमा प्रकाश सापकोटा र जनकराज ढुंगाना सर्वसहमत भएका छन।

निर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष चेत प्रसाद शर्माले बधाइ दिएका छन भने नव- निर्वाचित अध्यक्ष अधिकारीले आफुले प्रचलित नियम कानुन अनुसार संस्थागत हितको लागि काम गर्दै बारको गरिमा उच्च राख्न कुनै कसर नराख्ने प्रतिवद्वता समेत व्यक्त गरेका छन।निर्वाचित नया कार्यसमितिको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम भोलि हुने निर्वाचन समितिको संयोजक शर्माले बताए।