📅 2083 साल जेठ 18 , बुधबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीहरूलाई सेन्ट्रल कलेजद्वारा जर्सी वितरण

🕒 June 8, 2025 ✍ न्युज नेपाल संबाददाता

नवलपुर — गण्डकी प्रदेशको गोरखामा हुने प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा नवलपुरबाट सहभागी खेलाडीहरूलाई सेन्ट्रल कलेजले ८४ सेट जर्सी हस्तान्तरण गरेको छ।

कलेजका संस्थापक वाइ बी पौडेलले जर्सी वितरण गर्दै खेलाडीहरूलाई सफलताको शुभकामना दिनुका साथै आगामी दिनमा पनि खेलकुद तथा सामाजिक क्षेत्रमा कलेजको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुनले सेन्ट्रल कलेज र संस्थापक पौडेललाई धन्यवाद दिँदै यस्तो सहयोगले खेलाडीहरूमा उत्साह थपिएको बताउनु भयो ।

उहांका अनुसार नवलपुरबाट विभिन्न खेल विधामा ८२ जना खेलाडी र व्यवस्थापन टोलीसहित ९४ जना प्रतियोगितामा सहभागी हुँदैछन्।

प्रतियोगिता जेठ २५ देखि २७ गतेसम्म गोरखा जिल्लामा आयोजना हुनेछ।

जिल्ला खेलकुद परिषद गण्डकीको आयोजनामा हुने प्रतियोगिता खेलकुदमार्फत राष्ट्रिय एकता, सामाजिक समावेशिता र जिल्लाको पहिचान बलियो बनाउने उद्देश्यले आयोजना गरिएको हो ।
You sent